Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनुषा–४ मा एमालेका रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य निर्वाचित

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवलाई १२४ मतान्तरले हराउँदै महासेठ निर्वाचित भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याए । यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।

२०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा तर्फ महासेठले यादवलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077