Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चुनाव लगत्तै नियमित सेवामा फर्किए डा. भोजराज अधिकारी

    चुनाव लगत्तै नियमित सेवामा फर्किए डा. भोजराज अधिकारी

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 729
    SHARES

    चितवन । डा. भोजराज अधिकारीले नियमित बिरामी परीक्षण शुरू गरेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–३ बाट उम्मेदवार बनेका चिकित्सक अधिकारी नियमित सेवामा फर्किएका हुन् ।

    उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए ।



    भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।



    उनले भने, ‘अब म नियमित काममा फर्किएको छु ।’ स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धता पत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने भनाई छ ।

    २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ बाट अधिकारी उम्मेदवार बनेका थिए ।

    प्रचण्डले चितवन-३ मा जोखिम मोल्न नचाहेर गोरखा-२ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको थियो ।तर उनी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग भारी मतान्तरले पराजित भएका हुन् । पाण्डे ३४ हजार ३६२ मत ल्याई विजयी भए । अधिकारीले २४ हजार ६७१ मत ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार