Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीको प्रश्न – अमेरिकन फ्रिडम पार्टी र रास्वपा दुरुस्तै कसरी भयो ?

    एमाले अध्यक्ष ओलीको प्रश्न – अमेरिकन फ्रिडम पार्टी र रास्वपा दुरुस्तै कसरी भयो ?

    राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय छ

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 657
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् ।

    मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  उनले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे ।



    उनले भने,‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ ।



    दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

    उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरे । ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए ।

    आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार