Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिसि क्यामरा नै बन्द गरी एयरपोर्ट भन्सारबाट सामान ओसारपसार, कर्मचारी नै संलग्न

    सिसि क्यामरा नै बन्द गरी एयरपोर्ट भन्सारबाट सामान ओसारपसार, कर्मचारी नै संलग्न

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बेला–बेलामा सुन तस्करीका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । यो कुनै नौलो कुरा होइन । सुन तस्करीको श्रृंखला र आवरण परिवर्तन भएपनिसुन तस्करी रोकिएको छैन । बिमानस्थलबाट हुने सुन तस्करीमा भन्सार कर्मचारी, नेपाल प्रहरी, बिमानस्थल प्रशासन र व्यापारीबीचको साँठगाँठ र सेटिङले गर्दा हालसम्म मुख्य तस्करहरु पक्राउ पर्न सकेका छैनन् ।

    अचम्म त के छ भने बिमानस्थल भन्सार कार्यालयको मुद्दा शाखामा कार्यरत नायव सुब्वा नै भन्सार कार्यालयले जफत गरि लिलामीका लागि राखिएका सामानहरु विक्रीका लागि भन्दै आफूखुसी ओसारपसार गर्दै आएका छन् । उनीमाथि कार्यालयको सिसि क्यामरा नै अफ गरी ओसारपसार गर्ने गरेको आरोप लागेको छ ।



    केही समय अघिमात्र भन्सार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई खुसी बनाई सरुवा भई आएका रेवन्त खड्काले केही दिन अघिमात्र त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको सिसि क्यामरामा जडान गरिएको मेन स्वीच नै अफ गरी सामान ओसारेको घटनाले विमानस्थल भन्सारभित्र हंगामा मच्चिएको छ ।



    जुन घटनालाई लिएर अहिले विमानस्थल भन्सार कार्यालयले भित्रभित्रै छानविन थालेपछि अनियमितताको कुरा बाहिर आएको हो । खड्काले सिसि क्यामरा अफ गरी के–के सामान लगे भन्ने बारेमा हालसम्म केही पनि खुलाइएको छैन । भन्सारको मुद्दा शाखामा सरुवा हुनु अघि उनी विमानस्थलको यात्रु आगमन भन्सारमा कार्यरत थिए ।

    सिसि क्यामरा सञ्चालनका लागि मेन स्वीचबाट २४ घण्टै विद्युत आपूर्ति भइरहन्छ । सिसि क्यामरामा दिइएको विद्युत सप्लाइमा अवरोध आउन नदिनका लागि मेन स्वीचमा ताल्चा लगाइएको छ । उक्त ताल्चाको साँचो स्वयं खड्कासँग मात्रै रहेको विमानस्थल भन्सार कार्यालय स्रोत बताउँछ ।

    यसबारेमा थप जानकारीका लागि विमानस्थल भन्सारका प्रमुख प्रशासक अरुण पोखरेलसँग पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार