Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गगनलाई प्रधानमन्त्री बन्न अगाडि बढ्नुस् भन्न काठमाडौं आएको हुँ, अभियान सुरु गर्छु : विश्वप्रकाश

    गगनलाई प्रधानमन्त्री बन्न अगाडि बढ्नुस् भन्न काठमाडौं आएको हुँ, अभियान सुरु गर्छु : विश्वप्रकाश

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 870
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

    मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरेका हुन् ।



    झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरे ।



    उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।

    महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

    महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेता र सांसदसँग छलफल अगाडि बढाउने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार