Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अब युवाको नेतृत्व चाहिन्छ, देश हामी चलाउँछौँ : गगन थापा

    अब युवाको नेतृत्व चाहिन्छ, देश हामी चलाउँछौँ : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 639
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् ।

    मङ्गलवार संसदीय दलको नेताका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको नेतृत्व देशलाई आवश्यक भएको बताए ।



    कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाई छ । उनले पार्टीका अन्य नेताले प्रधानमन्त्रीका लागि दाबी गर्ने कुरालाई स्वाभाविकरूपमा लिनुपर्ने बताए ।

    यस्तै महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न धेरैजसो नेताहरूको साथ आफूलाई रहेको पनि उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार