Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • संसदमा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

    संसदमा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 597
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ ।

    ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो ।



    मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ ।



    समानुपातिकतर्फ हेर्दा कांग्रेस ३२ सिटको हाराहारीमा आउने अनुमान छ । यो सबै गर्दा कांग्रेसको ८५ सिटको आसपास पुग्ने देखिन्छ ।

    यसअघि २९७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कूल ६३ सिट जितेको थियो । त्यसबखत कांग्रेस संसद्मा दोस्रो दलको हैसियतमा रहन पुग्दा नेकपा एमाले पहिलो दल बन्न सफल भएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार