Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन आयोगको बैठक बस्दै

    बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन आयोगको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 498
    SHARES

    काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन निर्वाचन आयोगको बैठक बस्दैछ ।

    पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन आज आयोगको बैठक बस्न लागेको हो ।



    यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका छन् भने विवादकै कारण मतगणना हुन सकेको छैन ।



    कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगले धाँधली भएको भनिएको दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार