Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

    स्याङ्जा २ र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

    आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।



    मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा विवाद भएपछि ती स्थानमा पुन: निर्वाचन गराउन माग गरिएको थियो।



    निर्वाचनमा बाजुरामा कांग्रेस र एमालेले बुथ कब्जा गरेको एकअर्को आरोप छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुईजनाले ज्यान गुमाएका थिए।

    स्याङ्जामा मतगणनाको क्रममा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना रोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार