Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मधेशलाई पराजित गर्दै सुदुरपश्चिम फाईनलमा

    मधेशलाई पराजित गर्दै सुदुरपश्चिम फाईनलमा

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरि सुदुरपश्चिम प्रदेश एक खेल अगावै फाईनल पुगेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।



    मधेस प्रदेशले सुदूर पश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।



    मधेशले सुदुरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदुरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

    सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् ।

    प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार