Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 783
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका कार्यालय प्रमुख राजेन्द्र प्रसाद पाण्डेसहित ६ जनाबिरुद्ध मुद्धा दायर गरेको छ ।

    सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय,



    दाङ घोराहीबाट रकम विनियोजन गर्दा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।



    अख्तियारले तत्कालीन डिभिजनल इन्जिनियर पाण्डे, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सव–इन्जिनियर नारायण ओली, रिखेवगर,

    गैरीकटेरी, बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीलाई विपक्षी बनाएको छ ।

    आयोजनाको आफू अनुकूल इष्टिमेट परिवर्तन गरी सडक निर्माणमा रकम हिनामिना गरेको अख्तियारको दाबी छ ।

    रिटमा उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमानविपरीत भेरिएशन स्वीकृत नगरी आफूखुशी जथाभावी निर्माण कार्य गरी/गराई ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

    अख्तियारले सोही बराबरको बिगो र जरिबाना असुल उपर गर्नुपर्ने माग दाबी लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार