Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्याङ्जा–२ मा आजै राति ९ बजेदेखि मतगणना हुने, सुरक्षा व्यवस्था कडा

    स्याङ्जा–२ मा आजै राति ९ बजेदेखि मतगणना हुने, सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.1K
    SHARES

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

    गएको मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन् । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो ।



    यसअघि आजै निर्वाचन आयोगले स्याङ्जा २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।



    विवादका बीच मतगणना सुरु हुन लागेपछि वालिङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सो क्षेत्रबाट नेकपा एमालेकी सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार