Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दोलखाका १० मतदान केन्द्रमा बिहीबार निर्वाचन हुने

    दोलखाका १० मतदान केन्द्रमा बिहीबार निर्वाचन हुने

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार मतदान हुने भएको छ ।

    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेका छन् ।



    आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।



    आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार