Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बालेनले गरे साम्पाङको प्रशंसा, भन्छन् – हर्कजी जस्तो इमानदार नेता नेपालमा १०० वर्ष जन्मिँदैन

    बालेनले गरे साम्पाङको प्रशंसा, भन्छन् – हर्कजी जस्तो इमानदार नेता नेपालमा १०० वर्ष जन्मिँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 654
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन् । बुधबार राति साम्पाङको भिडिओ अन्तरवार्ता सेयर गर्दै मेयर बालेनले प्रशंसा गरेका हुन् ।

    बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गर्दै लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन ।’



    जुन भिडिओ अन्तरवार्तामा हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् । भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् ।



    काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको टिप्पणी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार