Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • भूपू गोर्खाहरूको मागबारे बेलायतसँग त्रिपक्षीय वार्ता, पेन्सनमा गहन छलफल

    भूपू गोर्खाहरूको मागबारे बेलायतसँग त्रिपक्षीय वार्ता, पेन्सनमा गहन छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 2K
    SHARES

    काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खाका माग सम्बोधनका लागि लन्डनस्थित नेपाली दूतावासमा दोस्रो वार्ता भएको छ । भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच बुधबार प्राविधिक तहमा वार्ता भएको हो ।

    दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको छ ।



    बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङ्ग, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए ।

    बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार