Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेस महामन्त्री गगन थापा भन्छन् – पैसा बाँड्ने कुरामा दलहरूबीच प्रतिस्पर्धा भइरहेको छ

    कांग्रेस महामन्त्री गगन थापा भन्छन् – पैसा बाँड्ने कुरामा दलहरूबीच प्रतिस्पर्धा भइरहेको छ

    वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पैसा बाँड्ने कुरामा दलहरूबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

    बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने, ‘मलाई त अब प्रतिस्पर्धाका बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ ।



    प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु ?



    कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ ।

    माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ । कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ । हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ।’

    उनले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो-छिटो दिने निर्णय गरिहरेको बताए ।

    उनले राजनीतिक दलहरुले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताए ।

    पछिल्लो समय स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार