Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेट

    प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेट

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको ।

    अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटका क्रममा प्रचण्ड र उपसभापति खड्काले भेटका क्रममा एकअर्कालाई प्रतिनिधिसभा सांसद चुनिएकोमा बधाई दिएका छन् ।



    भेटका क्रममा प्रचण्डले नयाँ सरकार बनाउनका र अहिलेको गठबन्धन जोगाउनका लागि आफू प्रतिवद्ध रहेको बताएका खड्काले जानकारी दिएका छन् ।



    सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमान्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार