Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बर्दियाबाट अवैध हातहतियारसहित एकजना पक्राउ

    बर्दियाबाट अवैध हातहतियारसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 738
    SHARES

    बर्दिया । बर्दियामा अवैध हातहतियारसहित एकजना पक्राउ परेका छन् ।

    बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।



    जिल्लाको बाँसगढी नगरपालिका–८ स्थित बनगाईमा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ । साथै उनको साथबाट बन्दुकको जगेडा ब्यारोल एक, बारुद भर्ने गज एक, बारुद १५ ग्राम, डेटोनेटर ८ वटा, केप २१ वटा, ठूलो छर्रा ६५,
    सानो छर्रा ४५० र गोली १७५ वटा बरामद गरिएको सेनाले जनाएको छ ।



    पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार