Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौं महानगरका प्रमुख बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

    काठमाडौं महानगरका प्रमुख बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

    बिहीबार राष्ट्रियसभा गृहस्थित प्रमुख शाहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरको हुन् । भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए ।



    सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाई छ । त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखे ।



    त्यस क्रममा आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको बताइएको छ । यस्तै सोही क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो ।

    अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार