Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के हुन्छ ?

    भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के हुन्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

    आईओसीबाट बिहीबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर ११ रूपैयाँ र पेट्रोल प्रतिलिटर २ रूपैयाँ घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको बताइएको छ ।



    बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै खाना पकाउने ग्यास, हवाइ इन्धन, मट्टितेल समेत गरी निगमलाई अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।



    तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार