Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्रीका लागि देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँ

    प्रधानमन्त्रीका लागि देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् ।

    १४ औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र गगन थापा संसदीय दलको नेताका लागि एकै ठाउँमा उभिने भएका हुन् ।



    सभापति देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।



    अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने र नयाँ योजनासहित जनभावनाअनुसार सरकार हाँक्ने अठोटका साथ दुई महामन्त्री एक ठाउँमा उभिएर सकारात्मक सन्देश दिएको कांग्रेसका दोस्रो पुस्ताका नेताहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार