Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक

    भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 693
    SHARES

    एजेन्सी । भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ ।

    एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।



    विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।



    अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ ।

    पछिल्ला वर्षहरूमा भारतीय नागरिक अमेरिका, बेलायत, सिङ्गापुरलगायतका विकसित देशमा रोजगारी पाउने सूचीमा पर्दै गएका छन् ।

    उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन् ।

    दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार