Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नाला निर्माणमा नक्कली बिल बनाई साढे तीन लाख भ्रष्टाचार, १७ लाख मागदाबी गर्दै गापा अध्यक्षसहित ११ जनाबिरुद्ध मुद्धा

    नाला निर्माणमा नक्कली बिल बनाई साढे तीन लाख भ्रष्टाचार, १७ लाख मागदाबी गर्दै गापा अध्यक्षसहित ११ जनाबिरुद्ध मुद्धा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 633
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित ११ जना बिरुद्ध मुद्धा दायर गरेको छ ।

    जिल्लाको चक्रघट्टा गाउँपालिका ४, सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अख्तियारले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई ३ लाख ४१ हजार पाँच सय ४४ रुपैयाँ भ्रष्टाचार गरेको



    भन्दै गाउँपालिका अध्यक्ष बिक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहाबिरुद्ध १३ लाख ६६ हजार १ सय ७६ रुपैँया बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो ।

    आयोगले उक्त कार्य गर्ने उपभोक्ता समितिका अध्यक्ष शेख मो इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मो.इरफान विरुद्ध ३ लाख ४१ हजार ५ सय ४४ रुपैँया बिगो दावी गर्दै मुद्दा दायर गरिएको छ ।

    पक्की नाला निर्माणमा गाउँपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने सबै कामहरु नगरी कार्य सम्पन्न भएको भनी नेपाल सरकारलाई गैरकानूनी हानी र आफूहरुलाई लाभ पुर्‍याउने बदनियतले

    निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी र साईटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई बनाई भए गरेको भनी भए गरेको भन्दा बढी मूल्याङ्‍कन गराएको पाइएको अख्तियारले जनाएको छ।

    यस्तै, आयोगले गाउँपालिका अध्यक्ष यादव, वडा नं ४ का वडा अध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजय कुमार चौधरी र विनोद साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक,

    इन्जिनियर अजय यादव र सव-इन्जिनियर जितेन्द्र यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) वमोजिम सजाय हुन मागदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार