Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्रको अनुमति लिएको हो ?

    बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूतलाई भेट्दा परराष्ट्रको अनुमति लिएको हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 831
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन् ।

    बालेनले बिहीवार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।



    नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताए ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार