Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालेनलाई भीम रावलको प्रतिप्रश्न – स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ?

    बालेनलाई भीम रावलको प्रतिप्रश्न – स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ?

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । एमाले नेता डा. भीम रावल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सवाल जवाफमा उत्रिएका छन् ।

    अमेरिकी रादूत डिन थम्पसनसँग भेटवार्ता गरेको विषयमा महानगरका प्रमुख शाहलाई डा. रावलले स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ? भन्दै शाहलाई प्रश्न गरेका हुन् ।



    बालेन र अमेरिकी राजदूतबीच भएको भेटवार्ताबारे प्रश्न उठाएका रावलले उनको जवाफमा चित्त नबुझाएर फेरि लामो धारणा ट्वीटरमार्फत सार्वजनिक गरे ।



    रावलले बालेनले आफ्नो प्रश्नमा सरल जवाफ नदिएको बताउँदै असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको आरोप लगाएका छन् । यस क्रममा रावलले आफ्नो प्रश्नको सीधा जवाफ नदिएर मेयर शाहले असान्दर्भिक कुरा गरेको आरोप पनि लगाएका छन्।

    ‘बालेन साहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो’, रावलले भनेका छन्, ‘तर उहाँले ‘तपाईंहरूजस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाइले घोचेको हो कि ?’

    यसअघि शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएपछि बालेनले पनि लगत्तै जवाफ फर्काएका थिए । रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए ।

    रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार