Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हर्क साम्पाङ भन्छन् – बालेनलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हौं

    हर्क साम्पाङ भन्छन् – बालेनलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हौं

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 915
    SHARES

    काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पार्न खोजिएको टिप्पणी गरेका छन् ।

    शनिबार बिहान समाजिक सञ्जालमार्फत मेयर साम्पाङले यस्तो टिप्पणी गरेका हुन् । उनले अब स्वतन्त्रहरु एक बन्ने बेला आएको समेत बताए ।



    उनले समाजिक सञ्जालमा लेखेका छन् ‘कथाले माग्यो अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ ।’



    यस्तो बेला अरुले जे गरेपनि आफ्नो भने बालेनलाई साथ रहने साम्पाङले प्रतिबद्धता व्यक्त गरे । यस्तै शुक्रबारदेखि एमाले नेता डा. भीम रावलसमेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेनसँग सवाल जवाफमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार