Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बैतडी माया लुहार हत्या प्रकण

    सशस्त्रका जवानको धम्की – शिवनाथमा फेरी अर्की फुच्ची मार्छु, म डीएसपीको मान्छे हुँ

    सशस्त्रका जवानको धम्की – शिवनाथमा फेरी अर्की फुच्ची मार्छु, म डीएसपीको मान्छे हुँ

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.5K
    SHARES

    बैतडी । घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भनिएका सशस्त्र प्रहरी जवान भरतराम कोलीले फेरि अर्की बालिकाको हत्या गर्ने धम्की दिएका छन् ।

    उनले टिकटकमा स्ट्याटस लेख्दै शिवनाथकै अर्की बालिकालाई मार्ने धम्की दिएका हुन् ।



    ‘मैले शिवनाथकै एक फुच्चीलाई मार्नुपर्नेछ । मलाई कसैले केहि गर्न सक्दैन, म डिएसपीको मान्छे हुँ, ’,कोलीले टिकटकमा लेखेका छन्, ‘मान्छेलाई मारेपछि केहिदिन भाग्नैपर्यो, म बैतडीमै छु, मलाई कसैले केहि गर्न सक्दैन ।’



    तर उनले अहिले उक्त स्ट्याटस टिकटकबाट हटाइसकेका छन् । फेरि उनले थपेका छन्, ‘म हत्या गर्छु, केही दिन अन्डरग्राउन्ड हुन्छु, अनि मबाट केटाहरु पनि बचेर बस्…फेरि भेट्छौं तिमीहरु पनि राजा हो राजा ।’

    उनले शुक्रबार मात्रै टिकटकबाटै आफूले मायाको हत्या नगरेको दाबी गरेका थिए । २४ घण्टा नबित्दै शनिबार फेरी टिकटकमा यस्तो धम्की दिएका छन् । उनले समाजिक सञ्जाल टिकटकमा शिवनाथमा एउटा किशोरीलाई मार्नुपर्ने उल्लेख गर्दै लेखेका छन् ।

    उनी सामाजिक सञ्जालमा सक्रिय देखिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । तर जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कोलीको नाममा पीडित परिवारले किटानी जाहेरी दिएका छन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार