Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 588
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।



    कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको हो ।



    हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
    राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार