Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चुनाव हारेपछि कर्णले भने – चेतन र सञ्जीवको रगतको टीका देख्न विजयीसभामा गइनँ

    चुनाव हारेपछि कर्णले भने – चेतन र सञ्जीवको रगतको टीका देख्न विजयीसभामा गइनँ

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले विजयी उम्मेदवारहरूको विजयसभामा उपस्थित हुन नसकेको भन्दै जनतासमक्ष माफी मागेका छन् ।

    बाजुरामा कांग्रेसका बद्री पाण्डेसँग पराजित भएका थापाले सामाजिक संञ्जालमार्फत माफी मागेका हुन् ।



    बाजुरामा चुनाव जित्नेहरू उन्मादले मात्तिने र पराजितहरू भाग्ने गलत राजनीतिक व्यवहारलाई अन्त्य गर्दै २०५६ सालमा आफूले नै हारेर



    पनि नभागेको र जित्नेलाई विजयीसभामै गएर बधाई दिने पराम्परा बसाएको तर यो पटक प्रतिपक्षको विजयीसभामा जान आफूले नसकेको बताए ।

    यो पटकको निर्वाचनका क्रममा बाजुरामा क्रूर अमानवीय व्यवहार भएको उनको आरोप छ । बुथ कब्जा गरेर सत्ता गठबन्धन विजयी भएकोले यो जितलाई जित भन्न नसक्ने थापाले बताए ।

    उनले भने, ‘यसपटक बाजुरा जिल्लाको इतिहासमा कहिल्यै नभएको क्रुर अमानवीय हत्या गरेर १७ मतदात केन्द्र कब्जा गरी निर्वाचन जितेको हुनाले यस्तो विजयलाई मेरो अन्तरमनले स्वीकार गरेन ।

    विजयी साथीहरूको निधारमा चेतन अएडी र सञ्जीव अएडीको रगतको टिका लाकेको देख्न म विजयीसभामा उपस्थित हुन सकिनँ । त्यसका लागि बाजुरेली जनतासमक्ष माफी माग्न चाहन्छु ।’

    मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिकाको मतदान केन्द्रमा विवाद हुँदा गोली चलेको थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको थियो ।

    उक्त घटनापछि एमालेले पुनः मतदानको माग गरेको थियो । तर, आयोगले मतगणना गर्न निर्देशन दिएको थियो । मतपरिणामबाट एमालेका थापा पराजित भएका छन् । कांग्रेसका बद्री पाण्डे विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार