Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन

    पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव)बाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ ।

    अखिल क्रान्तिकारीले आइतबार निगमको कार्यालय टेकुमा घटेर आएको पेट्रोलियम पद्धार्थको मुल्य समायोजन गर्न दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।



    विद्यार्थीहरुले कार्यालय अगाडी केही बेर नाराबाजी समेत गरेका थिए ।



    पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

    मूल्य समायोजन तत्काल नगरिए कडा आन्दोलनका कार्यक्रम सार्ने चेतावनी समेत उनीहरुले दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार