Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • झिनो अंकले बजार बढ्दा १ अर्ब ५६ कराेड रुपैयाँको कारोबार

    झिनो अंकले बजार बढ्दा १ अर्ब ५६ कराेड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 567
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार झिनो अंकले बढेको छ भने कारोबार डेढ अर्ब नाघेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१६ अंकले बढेको हो । ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६३.२२ अंकले बढेको हो ।



    सेन्सेटिभ इन्डेक्सम ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख बढीको कारोबार भएको छ ।



    यस्तै १९९ कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनीमा ओरालो लागेको र १३ कम्पनी स्थिर रहेको छ ।

    धौलागिरी लघुवित्त वित्तीय संस्था ९.९८ प्रतिशत, ओरियन्टल होटेल्स ६.५७ प्रतिशतले वृद्धि भएको छ । नबिल बैंक १९ करोड ८० लाख बढीको कारोबार भएको र समृद्ध लघुवित्त बित्तिय संस्था ८ करोड ७७ लाख बढीको कारोबार भएको छ ।

    आइतबार १३ उप सूचकहरूमा ९ कम्पनीमा उकालो लागेको र अरु सबै उपसूचकहरुमा ओरालो लागेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार