Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कांग्रेस उपसभापति खड्का र सीके राउतबीच भेटवार्ता, सहकार्य गर्नेबारे छलफल

    कांग्रेस उपसभापति खड्का र सीके राउतबीच भेटवार्ता, सहकार्य गर्नेबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 957
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा उनीहरूले बधाई तथा शुभकामना साटासाट गरे ।



    भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।



    हालैको प्रतिनिधिसभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार