Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अख्तियारको गृह र परराष्ट्रलाई पत्र – रवि लामिछानेको नागरिकताबारे छानबिन गर्नू

    अख्तियारको गृह र परराष्ट्रलाई पत्र – रवि लामिछानेको नागरिकताबारे छानबिन गर्नू

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा मन्त्रालयलाई पत्र पठाएको छ ।

    आयोगले नागरिकताको वैधताको बारेमा छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई र उनको राहदानीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो ।



    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको जानकारी दिए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

    उनीमाथि अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको, खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार