Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दोलखा प्रदेशसभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित

दोलखा । दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गर्दै काफ्ले विजयी भएका हुन् ।

काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी श्रेष्ठ १४ हजार ७५५ मत पाए ।

दोलखाको प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन् । प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077