Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु

    चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु

    आरोपित युन पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

    आइतबार बिहान काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।



    तीमध्ये गान साउजिंगको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु भएका साउजिंग र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका थिए ।



    प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार