Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

    निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 777
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ ।

    हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।



    निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ ।



    यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपियाँ ४७ पैसा (४८ रुपियाँ ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार