Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

    ७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो ।

    सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौँ आए । ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो ।



    तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रयोगात्मक परीक्षा एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अङ्कको ट्रायल रोक्न निर्देशन दियो । जसका कारण तोकिएको कार्यक्रम रोकियो ।



    ७० अङ्कको ट्रायलका सन्दर्भमा वाग्मती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन । गत असोज २ गते पनि मन्त्रालयले उक्त ट्रायल लागु गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो ।

    त्यस किसिमको ट्रायलले यातायात क्षेत्र बिचौलियालाई फाइदा पुग्ने भन्दै वाग्मती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसमा रोक लगाएको थियो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार