Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • निर्वाचन आयोगले २८ मंसिरभित्र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

    निर्वाचन आयोगले २८ मंसिरभित्र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 645
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ ।

    मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपनि समानुपातिकतर्फको तीन जिल्लाको मत गणना जारी रहेकाले सोमबार राति १२ बजेसम्म गणना सक्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।



    ७ दिनसम्मको समय दिन मिल्ने भएपनि समानुपातिककाे अन्तिम नतिजा आउनेवित्तिकै आयोगले राजनीतिक दलहरुलाई समानुपातिकमा निर्वाचित हुने नाम ३ दिनभित्र पठाउन म्याद दिने भएको छ ।



    प्रतिनिधिसभामा नेपाली कांग्रेस ५७, एमाले ४४, माअाेवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७, जनता समाजवादी पार्टी (जसपा) ७, नागरिक उन्मुक्ति ३, नेकिमपा १ सिटमा जीत हासिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार