Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अनुमतिबिना सञ्चालित शिक्षण संस्थालाई कारबाही गर्ने आयोगको चेतावनी

    अनुमतिबिना सञ्चालित शिक्षण संस्थालाई कारबाही गर्ने आयोगको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 693
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ ।

    अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।



    विद्यार्थी, अभिभावक र सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्न, नगराउन पनि आयोगले आग्रह गरेको छ ।



    ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार