Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सामूहिक बलात्कारमा संलग्न चार जना ८ महिनापछि पक्राउ

    सामूहिक बलात्कारमा संलग्न चार जना ८ महिनापछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 585
    SHARES

    काठमाडौं । । सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

    पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी पक्राउ परेका हुन् ।



    घटना भएको ८ महिनापछि पक्राउ गरेको हो । इटहरी १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर १७ गते प्रहरीमा किटानी जाहेरी परेको थियो ।



    छिमेकमा भएको विवाहमा सहभागी भई घर आउने क्रममा धाकधम्की देखाएर सामूहिकरूपमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार