Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्– कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

    वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्– कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 681
    SHARES

    बेइजिङ। चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र त्यो अनुन्धान फ्यासिलिटबाट चुहावट भएको बताएका छन्।

    कोभिड दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)बाट चुहावट भएको बेलायती अखबार द सनमा अमेरिकास्थित अनुसन्धानकर्ता एन्ड्र्यु हफको भनाइ उद्धृत गर्दै न्यु योर्क पोस्टले रिपोर्ट गरेको छ।



    महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन्। हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ।



    हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ। न्युयोर्क पोस्टको रिपोर्टअनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्युयोर्कस्थित गैर–नाफामुखी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन्।

    हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन–अफ–फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा चुहावट भयो।

    १९ को उत्पत्तिलाई लिएर वुहान बहसको केन्द्र बनेको छ। दुबै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार