Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा

    सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 849
    SHARES

    धनगढी । विगत २०६३ सालदेखि लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २२ गते देखि धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको हो ।

    समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नाराका साथ कैलाली उधोग वाणिज्य सङ्घको आयोजनामा प्रत्येक बर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै आएको छ ।



    अहिले महोत्सव स्थलमा मञ्च तथा स्टल निमार्ण, विधुत, खानेपानी, रमाइलो मेला लगायतको कार्य धमाधम भइरहेको छ ।



    यसैगरी महोत्सवका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी कार्य भइरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

    मङ्सिर २२ गते देखि शुरु हुने महोत्सव पुस २ गते सम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बरावरको कारोबार हुने र महोत्सवमा करिब ५ लाखले अवलोकन गर्ने अनुमान सङ्घले गरेको छ ।

    महोत्सवमा प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला लगायत मुख्य आकर्षण रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार