Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भीम रावलको प्रश्न – भारतले महाकालीमा तटबन्ध बनाउँदा सरकार मौन किन ?

    भीम रावलको प्रश्न – भारतले महाकालीमा तटबन्ध बनाउँदा सरकार मौन किन ?

    'प्रधानमन्त्री देउवा चुइक्क नबोल्नु लज्जाजनक'

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 918
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएपछि असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार साँझ ट्वीटरमार्फत नेता रावलले असन्तुष्टि पोखेका हुन् ।

    उनले दुवै देशका नागरिकबीच ढुंगा हानहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइक्क नबोल्नु लज्जाजनक भएको टिप्पणी गरे । उनले भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदा सरकार मौन किन भन्दै प्रश्न समेत तेर्साएका छन् ।



    दुई देश बीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन प्रधानमन्त्री र मन्त्रालय देशप्रति जिम्मेवार हुन नेता रावलले आग्रह गरे ।



    उनले ट्वीटरमा लेखेका छन्, ‘भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदा सरकार मौन किन ? दुई देशका नागरिक बीच ढुंगा हानहान हुँदा पनि प्रमं देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइक्क नबोल्नु लज्जाजनक। दुई देश बीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन प्रमं र मन्त्रालय देशप्रति जिम्मेवार होउ ।’

    महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएको थियो । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार