Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • विवाहको भोज खाएका ८५ जना भन्दाबढी बिरामी

    विवाहको भोज खाएका ८५ जना भन्दाबढी बिरामी

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 1.1K
    SHARES

    प्यूठान । बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ जना भन्दाबढी बिरामी परेका छन् । पाल्पाको चिर्तुङधारा घोरबन्दामा एकै गाउँका ४० बढी र पाल्पामा जन्ती आएर फर्किएका प्यूठान नगरपालिकास्थित गुरुङगाउँका ४५ भन्दा बढी बिरामी परेका हुन् ।

    मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेको बताइएको छ ।



    पाल्पाको चिर्तुङधारामा बिरामी परेकाहरू आइतबार र सोमबार तानसेनस्थित मिसन अस्पतालमा उपचार गराएका छन् । मिसन अस्पतालका अनुसार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ ।



    अस्पतालका व्यवस्थापक जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएका हुन् । चिर्तुङधारा घोरबन्दाका बिरामी टेकबहादुर गाहाका अनुसार ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या भएको छ ।

    यस्तै जन्ती आएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् । प्यूठान नगरपालिका–६, गुरुङगाउँका ४५ जना बिरामी परेका हुन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको वडाअध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार