Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    दक्षिण कोरियामाथि शानदार जित हात पार्दै ब्राजिल क्वार्टरफाइनलमा

    दक्षिण कोरियामाथि शानदार जित हात पार्दै ब्राजिल क्वार्टरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 465
    SHARES

    काठमाडौं । विश्वकप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा मंगलबार बिहान उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।



    ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे ।



    नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए ।
    आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार