Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

    सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 609
    SHARES

    काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ ।

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकले सरकारमा गठबन्धनकै निरन्तरता हुने निर्णय गरेको हो ।



    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकमा ‘अबको यात्रा खाका बनाएर प्याकेजमै अघि बढाउने निर्णय भएको’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले जानकारी दिए ।



    ‘सरकार गठनको कुरा मात्रै होइन, यो गठन्बधनको आवश्यकता र औचित्य सकिएको छैन भन्ने मुख्य निष्कर्ष बैठकको छ, सरकार बनाएर केके गर्ने भन्ने विषयमा पनि बैठकमा कुरा उठेको छ, कार्ययोजना बनाएरै अघि बढ्ने निष्कर्ष बैठकको हो,’ नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले भने । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार