Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दाइको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

    दाइको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 690
    SHARES

    एजेन्सी । भारतको झारखण्डको खुन्ती जिल्लामा २० वर्षीय युवकले २४ वर्षीय दाइको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्यापछि अभियुक्तले टाउको काटेर सेल्फी लिएको प्रहरीले जनाएको छ ।

    मृतकका बुबा दसाई मुण्डाले डिसेम्बर २ मा यस सम्बन्धमा एफआईआर दर्ता गरेका थिए। त्यसपछि प्रहरीले गत आइतबार मुख्य अभियुक्त र उनकी श्रीमतीसहित ६ जनालाई पक्राउ गरेको छ।



    छोरा कतै नभेटेपछि बुबाले भोलिपल्ट एफआइआर दर्ता गराएका थिए । आरोपितलाई पक्राउ गरेपछि कुमाङ गोप्ला जङ्गलमा मृतकको शरीर र त्यसबाट १५ किलोमिटर टाढा दुल्वा तुङ्दी क्षेत्रमा टाउको फेला परेको प्रहरीले जनाएको छ ।



    हत्याको मुख्य कारण मृतकका परिवार र अभियुक्तबीच लामो समयदेखि चलिरहेको जग्गा विवाद रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार