Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।



    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।



    मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार