Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक ओबराय

    सपरिवार नेपाल भ्रमणमा आउँदै बलिउड अभिनेता विवेक ओबराय

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् ।

    एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् । एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।



    त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना छ ।



    नेपाल भ्रमणलाई लिएर आफू उत्साहित रहेको बताउँदै ओबरायले आफ्नो भ्रमणले नेपालको पर्यटनलाई सघाउने विश्वास लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार