Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुपर मादी हाइड्रोपावरको आइपिओ खुला

    सुपर मादी हाइड्रोपावरको आइपिओ खुला

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 654
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

    योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो ।



    कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्कासन गर्न लागे हो ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका-१ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता सेयर तथा कास्की जिल्लाको मादी गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडा तथा पोखरा महानगरपालिका २६, २७ र २८ वडाका बासिन्दाको लागि सात लाख ३५ हजार कित्ता सेयर छुट्याएको छ ।

    कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने १० प्रतिशत हुन आउने अर्थात २ लाख १० हजार कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि सरकारको सम्बन्धित निकायबाट निष्कासन गर्न लागेको हो।

    त्यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ५ पुससम्म मात्र आवेदन दिन सक्छन् । उक्त आइपिओ नपरेको खण्डमा २० पुससम्म आवेदन दिन पाउने व्यवस्था छ।

    सो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार